भेटिभरले कसरी रोक्न सक्छ बाढी र पहिरोको क्षति ?

काठमाडौं – नेपालमा प्रत्येक वर्ष बाढी पहिरोले धेरै धनजनको क्षति पुर्याइरहेको छ । सडक आसपासका जमिन झर्दा र भासिँदा सवारी दुर्घटना बढेका छन् भने, जताततै पहिरो झरिरहेका छन् । पहाडी क्षेत्रमा अव्यवस्थित खनिएका सडकले पहिरोको जखिम बढाएको छ । धेरै गाउँ र सहर पहिरोको उच्च जोखिममा अझै छन् । पहिरो रोक्न तीनै तहका सरकारले अबौं लगानी गरे पनि त्यो बालुवामा पानी झैँ भएको छ । कारण – ‘केले पहिरो रोक्छ राम्ररी जनकारी नहुनु नै हो । भए पनि लागु नगर्नु हो ।’

पछिल्लो समय विश्वमा नै बाढीको क्षति र पहिरो रोक्न उपयोगी बनेको भेटिभर खेतीलाई नेपालमा पनि कडाइका साथ लागु गर्दैै विकास निर्माण सँगै लगाउन सके यस्ता समस्या कम हुने विभिन्न अध्ययनले देखाएको छ । यसको जराले माटो मजाले समाउने र जत्रै पानी परे पनि माटो बग्न वा पहिरो जान रोख्ने विज्ञ बताउँछन् ।

यसको प्रयोग गरेमा नेपालले प्रत्येक वर्ष हुने बाढी पहिरोको क्षति धेरै कम गर्न सकिने भेटिभर नेपालका अध्यक्ष श्याम गोयन्का बताउँछन् । उनले केही वर्ष अघिबाट नेपालमा यसको खेती र प्रयोगमा जोड दिँदै आएका छन् । उनकै पहलमा अहिले काठमाडाैं–तराई/मधेश द्रुतमार्ग सडक आयोजना क्षेत्रमा भेटिभर लगाइएको छ । केही फैलिएको छ भने केहीले जरा हाल्दै छन् । यसको नतिजा केही समयमा नै देखिने गोयन्का बताउँछन् ।

समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइसम्म खेती गर्न सकिने यस वनस्पतिको मुख्य विशेषता भनेकै जरा हो । जुन निकै बाक्लो गाँज भई जमिनमा तीन मिटरभन्दा बढी गहिरोसम्म जान्छ । यो विषम किसिमको माटामा हुर्कने तथा सप्रने धेरै कम बिरुवामध्येमा पर्छ ।

उनका अनुसार भेटिभर क्रिसोपोगान प्रजातिको एक बहुपयोगी वनस्पति हो । यसलाई नेपाली भाषामा खसखसे भनिन्छ । वैज्ञानिक नाम क्रिसोपोगन जिजानियोइड्स रहेको यसले किसानको साथीका रूपमा विश्वमा नै नाम कमाएको छ । विश्वका धेरै देशमा कृषि सवलीकरण तथा गरिबी निवारणका क्षेत्रमा यो वरदान नै सावित भएको गोयन्काको भनाई छ ।

समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइसम्म खेती गर्न सकिने यस वनस्पतिको मुख्य विशेषता भनेकै जरा हो । जुन निकै बाक्लो गाँज भई जमिनमा तीन मिटरभन्दा बढी गहिरोसम्म जान्छ । यो विषम किसिमको माटामा हुर्कने तथा सप्रने धेरै कम बिरुवामध्येमा पर्छ ।

पिएच भ्यालु अर्थात् अम्लीय तत्त्व तीनदेखि ११ रहेको माटामा पनि यस बिरुवाले सजिलैसँग हुर्केर अम्लीय तत्वलाई सन्तुलित पार्ने काम गर्छ । अति नै बहुउपयोगी बालीका रूपमा विश्वमा परीक्षणबाट प्रमाणित यसको खेतीबाट ६ देखि ८ महिनाभित्रै धेरै आर्थिक लाभ लिन सकिन्छ ।

यसको जराबाट उत्पादन हुने तेलको दुई सय ७५ डलर प्रतिलिटरको मूल्यमा अन्तर्राष्ट्रिय बजारमा कारोबार हुने गरेको छ । यस्तो उच्च मूल्य हुँदासमेत अन्तर्राष्ट्रिय बजारमा यस तेलको धेरै माग छ ।

देशभर नदी तथा बाढीपहिराबाट क्षतिग्रस्त करिब १० लाख हेक्टर बगर जमिनलाई भेटिभरखेतीको विस्तारमार्फत पूर्णरूपमा उपयोगमा ल्याउन सकिने अध्यक्ष गोयन्काको दाबी छ । भन्छन्, ‘उक्त जमिनको उपयोगले हाम्रो खाद्य व्यापार घाटा निर्मूल पार्न सक्ने तथ्यमा कुनै विवाद छैन ।’
यस वनस्पतिमा बन्जर, सुख्खा तथा रासायनिक रूपमा क्षतिग्रस्त भूमि पुनःस्थापना गर्ने क्षमता छ । नेपालको सन्दर्भमा चुरे संरक्षण, नदी कटान तथा तटको संरक्षण, पहिरो र भू–क्षय रोकथामलगायत कार्यमा यसको प्रभावकारी उपयोग गर्न सकिन्छ ।

भेटिभरको विशिष्ट गुण उपयोगिता तथा क्षमतालाई मध्यनजर गर्दै विश्व बैंकको पहलमा अमेरिकाको भर्जिनिया राज्यमा सन् १९८९ मा द भेटिभरनेटवर्क नामक गैरनाफामूलक संस्था स्थापना भएको थियो । यस संस्थाले पछिल्लो समय भूमि स्थिरीकरण, प्रदूषित स्रोतहरूको फाइटा–उपचार, बायो–इन्जिनियरिङ, पूर्वाधार संरक्षण र स्थिरीकरण तथा प्रकोपको जोखिम न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको छ ।

यस वनस्पतिमा बन्जर, सुख्खा तथा रासायनिक रूपमा क्षतिग्रस्त भूमि पुनःस्थापना गर्ने क्षमता छ । नेपालको सन्दर्भमा चुरे संरक्षण, नदी कटान तथा तटको संरक्षण, पहिरो र भू–क्षय रोकथामलगायत कार्यमा यसको प्रभावकारी उपयोग गर्न सकिन्छ ।

हाइटीको अर्थतन्त्रको करिब ७४ प्रतिशत हिस्सा यसको खेतीमार्फत उत्पादन हुने भेटिभर तेलले ओगटेको छ । यसलाई औषधि तथा सुगन्धित तेलका रूपमा पनि प्रयोग गर्न सकिन्छ । यस वनस्पतिले कार्बन सङ्कलन गरी वातावरण प्रदूषित हुनबाट पनि रोक्छ एवं दिगो कृषि तथा बायो–इन्जिनियरिङको साधनका रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

विप्रेषणमा आधारित अर्थतन्त्रलाई कृषितर्फ ल्याउन तथा देशमै रोजगारी सिर्जना गर्ने सन्दर्भमा भेटिभरउपयोगी र प्रभावकारी मार्ग हो । सधैँ परिवर्तन र क्रान्तिको कुरा हुने देश नेपालमा कृषि क्रान्तिको आधार भेटिभरहुन सक्छ । न त बाँदरले दुःख दिने, न रोग प्रकोप–किरा लाग्ने, न नदीले बगाउने, न डढेलाले मास्ने, न त मलखाद र सिंचाइको आवश्यता पर्ने । रोपेपछि एकै पटक प्रयोग तथा बिक्रीका लागि तयार हुने, नेपालको भूगोल, अवस्था र व्यवस्थानुकूलको उपयुक्त खेती भेटिभर हो ।

भेटिभरले कार्बन उत्सर्जनमा विभिन्न किसिमले कमी ल्याउने हुँदा कार्बन नेगेटिभ भई दक्षिण एसियामा भुटानपछिको दोस्रो कार्बन नेगेटिभ मुलुक हुन सक्ने विज्ञ बताउँछन् । भेटिभरले नदी तथा कुलाबाट खेतबारीमा हुने कटान पनि जोगाउँछ । यो एक यस्तो प्रकारको सहयोगी झार हो, जसका सहयोगमा बाढीको बालुवा र ढुङ्गाले पुरेर बगर बनेका खेतीयोग्य जग्गालाई पुनः पोषणयुक्त र उर्वर भूमिमा परिणत गर्न सकिन्छ ।
नेपालको भौगोलिक बनावटका कारण मनसुनसँगै पहिरो जाने र पहिरोसँगै कृषि अनुकूल मलिलो माटो बगेर जाँदा अत्यधिक भूक्षयको अवस्था छ । यसलाई नियन्त्रण गर्ने एक मात्र जैविक विकल्प भेटिभर हो । यस वनस्पतिको जरा तीनदेखि पाँच मिटरसम्म जमिनमुनि बढ्ने हुँदा माटालाई बाँधेर राखी भूक्षय हुन दिँदैन ।

भेटिभर खेतीबाट खेतीबालीमा किरा नियन्त्रण र माटाको उर्वरतामा वृद्धि गर्न सकिन्छ । नेपालमा प्रतिव्यक्ति सिञ्चित जग्गाको स्वामित्व ०.०७ हेक्टर मात्रै छ अर्थात् ७० देखि ८० प्रतिशत साना किसानका स्वामित्वमा प्रतिपरिवार करिब १० कठ्ठाभन्दा कम जमिन मात्र छ । यो सानो क्षेत्रफलले व्यावसायिक र आधुनिक प्रणालीबाट कृषि कर्म गर्न सम्भव छैन, जसको कारण नेपालको कृषि निर्वाहमुखीतर्फ मात्रै सीमित छ ।

नेपालको भौगोलिक बनावटका कारण मनसुनसँगै पहिरो जाने र पहिरोसँगै कृषि अनुकूल मलिलो माटो बगेर जाँदा अत्यधिक भूक्षयको अवस्था छ । यसलाई नियन्त्रण गर्ने एक मात्र जैविक विकल्प भेटिभर हो । यस वनस्पतिको जरा तीनदेखि पाँच मिटरसम्म जमिनमुनि बढ्ने हुँदा माटालाई बाँधेर राखी भूक्षय हुन दिँदैन ।

भेटिभरले जैविक तटबन्धका रूपमा पनि प्रभावकारी कार्य गर्छ । छिटो बढ्ने र लामो जरा सञ्जाल हुने हुँदा यसले बिरुवा रोपेको छोटो समयमा नै प्रभावकारी काम गर्छ । विश्वमा समेत यसको खेतीले पानीको स्रोत बढ्ने एवं हरियाली व्यवस्थापन तथा कम लागतमा मजबुत तटबन्धको कार्य गरेको छ ।
हाल विकास निर्माणमा प्रयोग हुने टेवा पर्खाल बनाउन प्रतिघनमिटर रु १०–१२ हजारको लागत लाग्छ । यसका विकल्पमा भेटिभर प्रयोग गर्ने हो भने रु पाँच सय वा एक हजार प्रतिघमिका लागतमा टेवा पर्खालभन्दा बलियो र टिकाउ कार्य गर्न सकिन्छ ।

भेटिभर रोपेर कुनै पनि भिरालो जमिनलाई बाढीपहिरो तथा भूक्षयबाट जोगाइराख्न सकिन्छ । यसबाट ग्रामीण तथा कृषि सडकमा हुने पहिरो न्यूनीकरण गर्न सकिन्छ । राजमार्ग, रेलमार्ग, पुल, बाँध तथा पोखरी, विभिन्न निर्माणस्थल, नहर, नाली आदिलाई भेटिभरको प्रयोगमार्फत भूक्षयबाट बचाइराख्न सकिन्छ ।

हाल विकास निर्माणमा प्रयोग हुने टेवा पर्खाल बनाउन प्रतिघनमिटर रु १०–१२ हजारको लागत लाग्छ । यसका विकल्पमा भेटिभर प्रयोग गर्ने हो भने रु पाँच सय वा एक हजार प्रतिघमिका लागतमा टेवा पर्खालभन्दा बलियो र टिकाउ कार्य गर्न सकिन्छ ।

यो हुर्किएको छ महिनामा नै यसको जरा फैलिएर पानीको बहावसँगै बग्न लागेको माटो निकै कडाइका साथ एकापसमा जोडेर र समातेर राख्ने गर्छ । नेपालमा बाढीपहिराको जोखिम उच्च भएकाले यस घाँसको प्रयोगको ठूलो आवश्यकता छ । बाटामा पहिरो गएर हुने भूक्षय रोक्न यसले जैविक पर्खालको काम गर्छ, जुन हामीले प्रयोग गर्ने कंक्रिट पर्खालभन्दा निकै किफायती, बलियो र सस्तो छ ।

हाल नेपालको काठमाडौंँ—तराई मधेस द्रुतमार्ग, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत स्थानमा पनि यो प्रविधिको प्रयोग गरिएको छ । यो बहुपयोगी वनस्पतिलाई प्रयोग गरी चीन, भारत, अफ्रिका, ल्याटिन अमेरिकाकी देशहरूले व्यापक फाइदा लिएका छन् ।

रविन भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics