सडक भासिएपछि दाउन्नेमा अवरुद्ध पूर्व-पश्चिम राजमार्ग खुल्याे

परासी - पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक सञ्चालनमा आएको छ । सडक भासिएसँगै केही समयका लागि यातायात सञ्चलनमा रोक लगाइए पनि मर्मतपछि आवतजावतका लागि खुला गरिएको हो ।

नवलपुरको दाउन्नेमा गएराति सडक भासिएको थियो । विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गरिएको थियो । अहिले आंशिक रुपमा शतर्कताकासाथ सडक सञ्चलन गरिएको बताइएको छ । सडक भासिएसँगै यातायात सञ्चालनमा अवरोध हुनुका साथै आम नागरिकहरुको दिनचर्यासमेत अस्तव्यस्त भएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics