नेपाल टेलिकमले घटायो इन्टरनेट डाटा शुल्क


नेपाल टेलिकमले इन्टरनेट डाटा शुल्क घटाएको छ ।

सस्तो अफर अन्तर्गत टेलिकमले आफ्नो शुल्क घटाएको हो । टेलिकमले ६ जुन २०१७ देखि ११ मे २०१७ सम्मका लागि राति १० बजेदेखि बिहान ६ बजे सम्मको नाइट टाइम प्याकमार्फत रु ३०० मा ६६५६ एमबी, रु २०० मा ३०७२ एमबी, रु ९० मा १२०० एमबी र रु ४५ मा ५०० एमबी इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ ।

त्यसैगरी अल टाइम प्याकमा ११ मे २०१७ देखि ३० दिनका लागि रु १०० मा ४०० एमबी, रु २०० मा ८५० एमबी र रु ३०० मा १५०० एमबी डाटा दिने भएको छ । ६ जुन २०१७ देखि सात दिनका लागि डे नाइट डाटा प्याक मार्फत टेलिकमले रु १०० मा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म १०० एमबी र राती १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी डाटा उपलब्ध गराउने भएको छ ।

फेसबुक मात्र चलाउन चाहनेहरूका लागि भनि टेलिकमले ६ जुन २०१७ देखि ५ दिने फेसबुक डाटा प्याक रु २२.६० मा १०० एमबी डाटा दिने भएको छ भने राती १० बजेदेखि ६ बजेसम्म रु २० मा २५० मिनेट नाइट भ्वाइस प्याक सेवा उपलब्ध गराउने भएको छ । यो सुविधा ११ मे २०१७ देखि ७ दिनका लागि हुनेछ ।
टेलिकमको यी सुविधाहरू प्रयोग गर्नका लागि *१४१५# डायल गर्नुहोला ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics