अरुण नदीमा पानीको बहाब बढ्याे, संखुवासभामा सर्तकता अपनाउन प्रशासनको आग्रह

संखुवासभा - अरुण नदीमा पानीको बहाब बढेपछि जिल्ला प्रशासन कार्यालय संखुवासभाले सर्तकता अपनाउन आग्रह गरेको छ ।

जल सतह बढेपछि मकालु गाउँपालिकाको फ्याक्सिन्दामा निर्माणधीन अरुण तेस्रो आयोजनाको डाइभर्सन टनेलमा पानी ओभरफ्लो भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार डाइभर्सन टनेलमा पानी नअटेपछि निर्माण हुँदै गरेको बाँध भरिएर ओभरफ्लो भएको हो ।

साना तथा ठूला खोला नाला र नदीमा पानी बढेपछि जिल्ला प्रशासन कार्यालयले विशेषगरी नदी किनारमा बसोबास गर्ने र ज्याला मजदुरी गर्ने नागरिकलाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

पानीको सतह अत्यधिक बढेको अवस्थामा स्थानीय प्रशासन वा नजिकैको प्रहरीलाई खबर गर्न कार्यालयले आग्रह गरेको छ । भारी वर्षा भएका कारण खोला नदीमा पानीको बहाब बढिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics