सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमताल फुटेको आशंका
- नेचर खबर

काठमाडौं - सोलुखुम्बुका खुम्बु क्षेत्रमा हिमताल फुटेको आशंका गरिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ स्थित थामे क्षेत्रमा अहिले ठुलो बाढी आइरहेको जनाइएको छ ।
सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले घटनाको पुष्टि गर्दै सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिइन् ।
अहिले थामे क्षेत्रका धेरै घरमा भीषण बाढी पसेको भिडियोमा देखिएको छ । दुधकोशी नदीमा पनि ठुलो बाढी देखिएको छ ।
प्रतिक्रिया दिनुहोस