प्रकृति संरक्षण कोषको अध्यक्षमा वनमन्त्री शाही

काठमाडौं - राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई जिम्मेवारी दिइएको छ ।

कोषका संरक्षक रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार वनमन्त्री शाहीलाई कोषको अध्यक्षमा जिम्मेवारी दिएका हुन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ अनुसार कोषको संरक्षकले अध्यक्ष तोक्नसक्ने व्यवस्था रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics