थामेकाे बाढी पहिरोमा परेकालाई तत्काल उद्धार गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर - सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँमा थामे खोला र भोटेकोशीको बहाबले बाढी पहिरोमा परेकाहरुलाई तत्काल उद्दार गर्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

उनले उद्धार र राहतसहित प्रदेश तत्काल पीडितहररूसँग पुग्ने बताए।

मुख्यमन्त्री कार्कीको निर्देशनसँगै उद्धार र राहतका लागि प्रहरीको टोली घटनास्थल पुगिसकेको थियो । खुम्बु पासाङल्हामु गाउँपालिकाको थामे शुक्रबार दिउँसो बाढी आएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics