सुख्खा पहिरो सिन्धुपाल्चोककाे इन्द्रावती नदीमा खस्यो, नदीको केही भाग थुनियो

काठमाडौं – सिन्धुपाल्चोकमा सुख्खा पहिरो जाँदा इन्द्रावती नदी आंशिक थुनिएको बताइएको छ ।

पाँचपोखरी थाङपाल–७ स्थित तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा सुख्खा पहिरो खसेर इन्द्रावतीमा झरेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जानकारी दिए ।

पहिरो जाँदा ढुंगा माटोसहितको गेगर नदीमा खस्दा नदी आंशिक थुनिएको हो । यद्यपि, तत्काल थप खतराको सम्भावना नरहेको खड्का बताउँछन् । फेरि पहिरो गयो भने नदीको वहावमा अवरोध भएर गाउँ पस्ने भएकाले त्यस क्षेत्रमा सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तयारी अवस्थामा राखिएको छ ।


नेपाली सेनाका अनुसार, पहिरो गएपछि जोखिममा रहेका स्थानीय तथा अस्पतालका सामग्रीहरु सुरक्षित स्थानमा सार्न सेनाको इन्द्रध्वज गणबाट फौज खटिएको छ ।

यसबाट पाँचपोखरी थाङपाल गाउँपालिका ७, ८ तथा मेलम्ची नगरपालिका ७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिका १०, ११ र १२ वडा लगायतका तटिय क्षेत्र उच्च जोखिममा छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics