अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

फाइल तस्बिर ।

जुम्ला -अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत-जुम्ला सडकखण्ड अन्तर्गत मंगलबार रातिदेखिको वर्षाले कालीकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीरबहादुर जिटीका अनुसार अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । बर्खायाममा कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।

पटकपटक पहिरो गइरहने जोखिम ठाउँहरुमा सडक स्तरोन्नति गर्न सम्बन्धित निकायको ध्यान नदिँदा वर्षैपिच्छे यात्रुले सास्ती पाउँदै आएका छन् । सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगन्ज र काठमाडौ जाने सवारीसाधन बीच बाटोमा रोकिँदा सयौं यात्रुहरू अलपत्रमा परेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics