बालेनको मन कमलो, महानगरले थामे बाढी पीडितलाई २० लाख सहयोग गर्ने
- नेचर खबर
काठमाडौं - काठमाडौँ महानगरपालिकाले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका बाढी प्रभावितलाई २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । थामे बाढी प्रभावितलाई राहत र पुनर्स्थापना गर्न गाउँपालिकाको कोषमा राहत रकम उपलब्ध गराउने निर्णय भएको महानगरले जनाएको छ ।
महानगर अन्तर्गत विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका मेयर बालेन साहको अध्यक्षतामा शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौँ महानगरले यसअघि जाजरकोट भूकम्प र मधेशमा भएको आगलागी पीडितलाई पनि राहत दिएको थियो ।
३२ साउनमा खुम्बुको थामेमा हिमपहिरो विस्फोट हुँदा गेग्रान र ढुंगा सहित आएको बाढीले एउटा विद्यालय, एउटा स्वास्थ्य चौकी, २ वटा होटेल, १३ वटा घर पूर्ण र १० वटा घर आंशिक रूपमा क्षति भएको थियो । ९५० किलोवाट क्षमताको जलविद्युत् परियोजनामा समेत क्षति पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस