१० लाख काग मार्ने निर्णयमा किन पुग्यो केन्या सरकार ?

काठमाडौं – नेपालमा काग जुनसुकै स्थानमा पाइन्छ । अझै केही समय अघि मात्रै सगरमाथाको आधार शिविर भन्दा माथिल्लो क्षेत्रमा पनि एक प्रजातीको काग पाइएको समाचार सार्वजनीक भएको थियो । जुन कागहरूले हिमालमा भएका शवको आँखा खाने र आरोहीले छाडेका फोहोर खाने गरेका छन् ।


कागका विभिन्न प्रजाती छन् र उनीहरूका मूल (उत्पती) पनि विभिन्न देशलाई मानिन्छ । कागको आहारा फोहोर वा सिनु नै हो । यसले फोहोर व्यवस्थापनमा सकरान्मक भूमिका खेलोको पनि पान्छ । नेपालमा त हिन्दु धर्म मान्नेहरूले तीहारमा कागको पुजा पनि गर्ने चलन छ । तर, त्यहीँ काग केन्या सरकारका लागि भने टाउको दुखाइको कारण बनेको छ ।


जनतालाई र लोप हुन लागका साना चरालाई कागले दुःख दिएको भन्दै केन्याको सरकारले भारतीय मूलका १० लाख काग मार्ने घोषणा गरेको छ । केन्या वन्यजन्तु सेवाले भारतीय कागहरू आक्रामक विदेशी चरा भएको र धेरै वर्षदेखि ती कागले स्थानीय चरालाई मार्ने र जनतालाई पनि दुःख दिने गरेको जनाएको छ ।


केन्या वन्यजन्तु सेवाका महानिर्देशक चार्ल्स मुस्योकीले केन्याको तटीय क्षेत्रका होटल व्यवसायी र किसानहरूको आग्रह बमोजिम सरकारले यो निर्णय लिएको हो । यस क्षेत्रका होटल उद्योगका प्रतिनिधि, हाउस क्रो कन्ट्रोलमा विशेषज्ञ, पशु चिकित्सक र वन्यजन्तु अनुसन्धान तथा तालिम प्रतिष्ठानलगायत सरोकारवालाहरूको समूहसँगको बैठकमा सरकारले काग मार्ने कार्ययोजना पनि बनाएको छ ।


सरकारका अनुसार भारतीय कागले स्थानीय साना र लोप हुन लागेका चराका प्रजातिलाई निरन्तर सिकार गरिरहेका छन् भने होटल र उद्योगमा पनि क्षति पुर्याइरहेका छन् । केन्याका संरक्षणविद् तथा चराविज्ञ कोलिन ज्याक्सनका अनुसार भारतीय प्रजातिका कागहरूले स्थानीय चराका गुँड नष्ट गरेर र तिनीहरूका अण्डाका साथै चल्लाहरूको शिकार गर्दै केन्याको तटमा हुने साना आदिवासी चराहरूको जनसंख्या उल्लेखनीय रूपमा घटाएका छन् । यसका कारण पनि भारतीय कागको संख्या घटाउनुपर्ने अवस्था आएको उनको तर्क छ ।

स्थानीय चराहरू जस्तै स्केली बेबलर्स (टर्डोइड्स स्क्वामुलाटा), पाइड काग (कोर्भस अल्बस), माउस–रंग सनबर्ड्स (स्यानोमित्रा भेरोक्सी), बुनकर चरा (प्लोसेइडे), कमन वेक्सबिल (एस्ट्रिल्डा एस्ट्रिल्ड) र विभिन्न जलचरहरूका साथै केन्यान चराहरू कागको आक्रमणमा परिरहेका छन् । केन्यामा भारतीय कागलाई खैरो घाँटी भएको काग, सिलोन क्रो र कोलम्बो काग जस्ता नामले चिनिन्छ ।


डायस्पोरा कृषि निर्यात पछि केन्याको विदेशी मुद्रा आयको तेस्रो ठूलो पर्यटन उद्योग भएको क्षेत्र हो । भारतीय कागले यो स्थानमा पर्यटकलाई धेरै दुःख दिएको बताइएको छ । भारतीय कागले पर्यटकहरूले खानाको आनन्द लिने क्रममा बाधा पुर्याएको होटल व्यवसायीहरूको गुनासो छ ।


यी कागहरूले चरा मार्ने र पर्यटकलाई दुःख दिने मात्रै गरेका छैनन् स्थानीय किसानले पालेका कुखुरा पनि मार्ने गरेको किसान बताउँछन् । स्थानीय कुखुरापालन कृषक म्वान्जानी रुन्याले बाली अंकुर्ने समयमा बालीमा र कुखुराका चल्लालाई यसले आक्रमण गरेको गुनासो गरिन् । भनिन्, ‘घातक कागहरूले हामीलाई हाम्रा कुखुराका चल्लाहरू एक महिनासम्म निगरानी गर्न बाध्य पारिरहेका छन् । किनभने तिनीहरूले एक दिनमा २० सम्म बोक्न सक्छन् ।’


‘कागहरू ठूलो संख्यामा आउँछन् । तिनीहरू बुद्धिमानी छन् कि कसैले आमा कुखुरा र हाँसहरूलाई विचलित गर्छन्, जबकि अर्को झुण्डले चल्लाहरू आक्रमण गर्न पर्खिरहेका छन्,’ रुन्याले थपिन् । यी कागहरू भारतमा उत्पती भएको र पानी जहाजका माध्यमले केन्या सम्म पुगेर फैलिएको विभिन्न अनुसन्धानले देखाएको छ । अहिले यी काग ढुवानीका विभिन्न साधन र माध्यमबाट धेरै मुलुक सम्म पुगेको बताइन्छ ।



केन्या सरकारले आक्रामक प्रजातिका चराहरूलाई नियन्त्रण गर्ने योजना अघि सारेको यो घटना पहिलो भने होइन । २० वर्ष अघि पनि यस्तो एक निर्णय भएको थियो ।

सन् १९४० को आसपासमा पूर्वी अफ्रिकामा यी काग पुगेको विश्वास गरिन्छ । अहिले केन्यामा मात्र होइन विभिन्न मुलुकमा पुगेर यो प्रजातीको कागले आतंक मच्चाइरहेको छ । यता केन्यामा भने सन् १८९० मा यी भारतीय कागहरूलाई जान्जिबारमा फोहोर व्यवस्थापनका लागि लगिएको केही लेख र पुस्तकहरूमा उल्लेख छ । यी कागहरू जहाजमार्फत त्यहाँ पुर्याइएका थिए । पहिले यी कागहरू तटीय क्षेत्रहरूमा सीमित थिए तर वर्षौंदेखि तिनीहरू शहरी र उपनगरीय वातावरणमा बढ्दै गएका छन् । त्यसपछि उनीहरू पहुँच देशभर पुग्यो । संरक्षणवादीहरूका अनुसार यी कागको संख्या लोप हुन लागेका साना चरा संरक्षित क्षेत्रमा पुगेर फैलिए कही वर्षमा नै ती चरा लोप हुने अवस्था आउन सक्छ ।


केन्या सरकारले आक्रामक प्रजातिका चराहरूलाई नियन्त्रण गर्ने योजना अघि सारेको यो घटना पहिलो भने होइन । २० वर्ष अघि पनि यस्तो एक निर्णय भएको थियो । त्यो समयमा पनि साना चरा संरक्षणका लागि केही आक्रामक चरा मार्ने निर्णय केन्या सरकारले गरेको थियो र, यो निर्णयले सकरात्मक नतिजा देखापरेको सरकारको दाबी छ ।


अब १० लाख काग मार्न र यस स्थानबाट हटाउन केन्या पेस्ट कन्ट्रोल एन्ड प्रोडक्ट बोर्ड (पीसीपीबी) ले होटल व्यवसायीहरूलाई इजाजतपत्र प्राप्त विष आयात गर्न अनुमती दिएको छ । काग मार्न सबैभन्दा प्रभावकारी तरिका भनेकै विषको प्रयोग भएको त्यहाँको सरकारले जनाएको छ ।


तर, केन्या सरकारको यो निर्णयको वन्यजन्तु प्रेमीहरूले विरोध गरेका छन् । उनले एउटा जीवित प्राणीलाई बचाउनको लागि यो निर्णयलाई अर्को जीवित प्राणीको पूर्ण विनाश भनेका छन् । यद्यपि, केन्या सरकारले वातावरणविद्, संरक्षणवादी र सामुदायिक नेताहरूसँग व्यापक परामर्श गरेको छ । त्यसपछि यो निर्णय लिइएको हो ।

रविन भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics