रामेछापको दोरम्बामा पहिरोमा परेर २ जनाको मृत्यु, ८ वेपत्ता

रामेछाप - रामेछापको पश्चिमी दोरम्बा शैलुङ गाउँपालिका-३ मा पहिरोमा परेर २ जनाको मृत्यु भएको छ । ८ जना वेपत्ता छन् । पहिरोमा परेका एकजना बालकले भने भागेर ज्यान जोगाएका छन् । पहिरोमा परेर मृत्यु भएका २ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा एक जना बालक रहेका छन् । अर्का एक जनाको पहिचान खुलेको छैन् । शनिबार राती भिषण बर्षापछि आएको पहिरोमा टोकरपुर लेकखर्कको ४ वटा घर बगाएको प्रारम्भिक जानकारी आएको रामेछापका प्रहरी नायव उपरिक्षक प्रदिपकुमार सिंहले जानकारी दिनुभयो ।

पहिरोले गाउँपालिको २ र ३ नं वडा जोडने ढाईगाँउ खोलाको पक्की पुल बगाएको छ । पहिरो गएको गाउँ जाने बाटो वर्षाले क्षति गरेकाले उद्धारमा कठिनाई भएको सिंहले बताउनु भयो ।

उद्धारका लागि प्रहरी पहिरो गएको गाउँ पुगिसकेको छ । पहिरोले गरेको क्षतिका बारेमा थप विवरण आउन बाँकी छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics