इलामको माइभ्याली सामुदायिक वनका तत्कालीन अध्यक्ष र कोषाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

इलाम - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाम नगरपालिका-११ स्थित माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष डोलबहादुर कार्की तथा कोषाध्यक्ष रीता सम्बाहाम्फे लोक्तामविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।

वन उपभोक्ता समूहको वार्षिक कार्ययोजना स्वीकृत नगरी बदनीयतपूर्वक खर्च गरेको, कटान आदेशभन्दा बढी वन विनास गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले अध्यक्ष कार्कीले ३९ लाख ३४ हजार र कोषाध्यक्ष लोक्तामले संयुक्त खातामा हस्ताक्षर गरी ३० लाख ७८ हजार भ्रष्टाचार गरेको आरोप लगाएको छ । आरोपीबाट कैद तथा बिगो असुल उपर गर्न अख्तियारले दाबी गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics