वनमन्त्री शाही र अमेरिकन राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौं — वन तथा वातावारण मन्त्री ऐनबहादुर शाही ठकुरी र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदुत डिन आर थम्पसनबीच बिहीबार भेटवार्ता भएको छ । मन्त्री शाहीलाई भेट्न राजदूत थम्पसन सिंहदरबारस्थित वन मन्त्रालय पुगेका थिए । भेटमा नेपाल सरकार र अमेरिकाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको थियो ।

मन्त्री शाहीको सचिवालयका अनुसार राजदुत थम्पसनले नेपालको पर्यटन उद्योगमा काम गर्ने अमेरिकाको चाहाना रहेको बताएका थिए । जवाफमा मन्त्री शाहीले अमेरिकाले विगत ७ दशकदेखि नेपालको विकासको प्रमुख साझेदारकारुपमा सहयोग गर्दै आएको भन्दै आभार व्यक्त गरे ।

मन्त्री शाहीले नेपालमा शिक्षा क्षेत्रमा विकास, सार्वजनिक स्वास्थ्य सुधार कार्यक्रमको माध्यमबाट जलवायू परिर्वतन अनुकुलन तथा न्यूनीकरण वन तथा जैविक विविधता संरक्षण वन्यजन्तु संरक्षण भुकम्पपछिको पुर्ननिर्माण लगायत विभिन्न क्षेत्रमा अमेरिकाको सहयोग रहेकोप्रति धन्यवाद दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics