खोलाका माछा मर्न थालेपछि ग्रिसमा संकटकाल घोषणा

काठमाडौं - युरोपेली देश ग्रिसले खोलाका हजारौं माछा मरेर बग्न थालेपछि एक महिनाको लागि संकटकाल लागू गरेको छ । संकटकाल सेप्टेम्बर महिनाको अन्तसम्म हुनेछ ।

जर्मनीको विश्व च्यानल डीडब्लूका अनुसार तटीय शहर भोलोसमा संकटकाल लागू गरिएको हो । ग्रिसको मध्य भागमा रहेको थेसाली क्षेत्रमा विशाल बाढी आएकोले सङ्लो पानीमा हुने माछाहरु मरेको बताइएको छ ।

मंगलबारमात्रै ग्रिसमा ५७ टन मरेका माछा संकलन गरिएको थियो । बिहीबारसम्म त्यस्तो परिमाण १०० टन पुगेको बताइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics