आज कहाँ कहाँ पर्दैछ पानी ?

काठमाडौं – अहिले देशका धेरै स्थानमा पानी परिरहेको मौसमविद्ले बताएका छन्। मनसुनी वायुको प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली भइ धेरै स्थानमा पानी परिरहेको मौसमविद्ले बताएका हुन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुने उनले जानकारी दिए। यस्तै देशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुँदा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics