पाथीभराको उत्पती सम्झाउँदै सिरीजंघा गाउँपालीकाले भन्यो, ‘केबलकार निर्माणमा साथ र सहयोग निरन्तर रहनेछ’

ताप्लेजुङ – ताप्लेजुङको सिरीजंघा गाउँपालीकाले प्रशिद्ध तिर्थस्थल पाथीभरा देवीको दर्शनलाई सहज पार्न निर्माण हुन लागेको केबलकार निर्माणमा साथ र सहयोग निरन्तर रहने बताएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै गाउँपालीका अध्यक्ष लालकृष्ण चौहानले पाथीभरा क्षेत्र गाउँपालिकाको पनि एक क्षेत्र रहेकाले यहाँ हुने हरेक विकास निर्माणको काममा आवश्यकता अनुसार सहयोग र साथ रहने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

विश्वास, आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र तिर्थ स्थलक्षेत्र ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्लिङबाट १९.४ किलोमिटर उत्तर तर्फ फुङलिङ नगरपालिका वडा नं. १० र ११, फक्ताङलुङ गाउँपालिका ३ र ५ तथा सिरीजंघा गाउँपालिका ३ र ६ को केन्द्रविन्दुमा छ ।

गाउँपालिकाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस गाउँपालिकाको भौगोलिक क्षेत्र समेत पर्ने उक्त क्षेत्रमा गरिने हरेक विकास निर्माण कार्यमा यस गाउँपालिका आजको आवश्यकता र विकसित युगमा विकासलाई रोक्ने कार्यमा नरहेको हुँदा सिरीजंघा गाउँपलिकाको तर्फबाट उक्त स्थानमा केबुलकार निर्माण गर्ने कार्यमा सहयोग समन्वय र सहकार्य गर्न प्रतिवद्ध रहेको साथै निर्माण कार्य सम्पन्न पश्चात हुने राजश्व बाँडफाँडको हिस्सा नियमानुसार यस गाउँपालिकालाई समेत अनिवार्य रूपमा साझेदारि प्रदान गर्नु पर्ने सबै सरोकारवालाहरुलाई जानकारी गराएको छ ।’

गाउँपालिकाले पाथीभरा पवर्तमा उत्पन्न भएकी देवी भएको र यसको स्थापना भेडा चराउने गोटालाहरूले गरेको स्मरण गराउँदै पाथीभरा देवीधान शक्ति उपासकहरूका लागि विशेष ठाउँ पनि भएको प्रष्ट पारेको छ ।

हाल उक्त पुरातात्विक, मौलिक, धार्मिक, पवित्र स्थल पाथिभरा देवीको दर्शनका लागि लाखौं तिर्थयात्रीहरू वार्षिक रूपमा जाने तथा उक्त क्षेत्रमा रोजगारी, धार्मिक पर्यटन, आर्थिक गतिविधिहरू प्रवर्द्धन भइरहेको अवस्थामा केबलकार निर्माण हुनु अझै खुसीको कुरा भएको गाउँपालिकाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ गाउँपालिकाले जारी गरेको विज्ञप्ति

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics