रसुवाको पासाङल्हामु मार्ग बन्द

रसुवा - जिल्लास्थित पासाङल्हामु मार्गअन्तर्गत ग्राङ र ठाडेबीच मूलखर्कमा सडक अवरुद्ध हुँदा यात्रुवाहक बससहित सबै सवारीसाधन रोकिएका छन् । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार गएरातिको वर्षाका कारण माथिबाट खसेको ढुङ्गा सडक सतहमा अडिएकाले पूर्ण रूपमा सवारीसाधन रोकिएका हुन् ।

ढुङ्गा अत्यन्तै ठूलो भएकाले फुटालेर मार्ग खुलाउन ब्रेकर मेसिनको खोजी भइरहेकाले तत्काल सडक सञ्चालन गर्न सक्ने अवस्था नरहेको प्रजिअ खनालले जानकारी दिए। अत्यधिक वर्षपछि आएको पहिरोसँगको ढुङ्गाले सडक अवरुद्ध बनेको उनले बताए । ढुङ्गा फुटाइ सडक सञ्चालन गराउने प्रयास गरिरहेको प्रजिअ खनालले बताए । सडक अवरुद्ध भएकाले दर्जनौँ सवारीसाधन र यात्री मूलखर्कमा रोकिएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics