‘विकासमा साथ छ’ भन्ने सन्देश दिन ताप्लेजुङमा युवाले निकाल्दै मोटरसाइकल र्‍याली

ताप्लेजुङ – ताप्लेजुङमा हुने हरेक विकासमा युवाहरूको साथ र सहयोग छ भन्ने सन्देश दिन सदरमुकाम फुङलिङमा आज आइतबार जिल्लाका युवाले शन्तिपूर्ण मोटरसाइकल र्यालीको आयोजना गर्दैछन् ।

विहान १० बजेबाट सुरु हुने र्यालीमा हजारौं युवाको सहभागीता रहने र उक्त र्याली नयाँ बसपार्कबाट सुरु भएर हेलीप्याड, फुङलिङ बजार हुँदै सुकेटार सम्म पुग्ने छ । र्याली फर्कीएर सदरमुकाम स्थीत विरेन्द्रचोकमा आएपछि कोणसभामा परिणत हुने छ ।

जिल्लालाई पाथीभरामा केबलकार निर्माण जस्ता समय अनुसारको विकास आवश्यक भएकाले यस्ता विकासमा युवा बाधक होइनन् साधक हुन् भन्ने शन्देश दिनु र्यालीको मुख्य उदेश्य रहेको उनीहरूको भनाई छ ।

आइतबार हुन लागेको उक्त र्यालीमा हजारौं युवाले सामाजिक सञ्जाल मार्फत पनि ऐक्यवद्धता जनाईरहेका छन् ।



नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics