ताप्लेजुङमा युवाले यसरी निकाले शान्तिपूर्ण मोटरसाइकल र्‍याली (फोटो फिचर)

ताप्लेजुङ – ताप्लेजुङमा पाथीभरा केबलकार निर्माणका साथै हरेक विकासमा युवाको साथ रहेको सन्देश दिन सदरमुकाम फुङलिङमा शन्तिपूर्ण मोटरसाइकल र्यालीको आयोजना गरिएको छ ।

र्यालीमा जिल्लाका हजारौं सक्रिय युवाको सहभागीता रहेको हाम्रा जिल्ला सहकर्मीले जानकारी दिएका छन् । र्याली नयाँ बसपार्कबाट सुरु भएर हेलीप्याड, फुङलिङ बजार हुँदै सुकेटार सम्म पुग्ने छ । अहिले पनि र्याली जारी छ ।

जिल्लालाई पाथीभरामा केबलकार निर्माण जस्ता समय अनुसारको विकास आवश्यक भएकाले यस्ता विकासमा युवा बाधक होइनन् साधक हुन् भन्ने शन्देश दिनु र्यालीको मुख्य उदेश्य रहेको उनीहरूको भनाई छ ।
















नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics