ताप्लेजुङका व्यवसायिक संघहरूको एउटै आवाज : ‘बन्द हड्तालमा समर्थन छैन’

ताप्लेजुङ – तीर्थयात्री तथा पर्यटकको उच्च चाप हुने समयमा धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा जाने मार्गमा आह्वान गरिएको बन्दको ताप्लेजुङ उद्योग वाणिज्य संघसहित विभिन्न व्यवसायीक संघ, संस्थाले विरोध जनाएका छन् ।

पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै केही संस्था तथा समूहले भाद्र २४ गते देखि काफ्लेपाटी–फुङलिङ बजार अनिश्चितकालिन यातायात बन्द आह्वाहान गरेको र यो जिल्लाको हितमा नरहेको जिल्लाका व्यवसायीक संघ, संस्थाको सामुहिक निश्कर्ष छ ।

जिल्लाका ११ वटा व्यवसयीक संघ तथा प्रा. लिलाई समेट्दै ताप्लेजुङ उद्योग वाणिज्य संघले आइतबार सामुहिक विज्ञप्ति जारी गरेको हो । उक्त विज्ञप्तिमा यो व्यवसाय र आय आर्जन गर्ने समयमा बन्द हड्ताल हुनु दुःखद भएको उल्लेख छ ।

‘यस समयमा आन्दोलन पक्षबाट बन्द हड्ताल लागायतका कार्यक्रमह’ स्थागित गरि राज्यका जिम्मेवार निकायहरू स्थानीय सरकार, स्थानीय प्रशासन, सम्बन्धित सरोकारवाला निकायहरुसंग वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न र आम निजी क्षेत्रलाई व्यवसाय मैत्री वातारण सिर्जना गरि निर्वाधरूपमा उद्यम व्यवसाय संचालन गर्ने वातावरण सिर्जना गरिदिनु हुन सम्बद्ध सबै पक्षसंग आम व्यवसायिहरूको तर्फबाट यो साझा अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ साझा विज्ञप्ति

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics