माटो प्रदूषण जलवायु परिवर्तन भन्दा खतनाक

जैविक विविधतामा ठूलो क्षति, हराउन सक्छन् गँड्यौलाहरू

काठमाडौं – हाम्रो बढी चिन्ता जमिन माथि अर्थात् आँखाले प्रत्यक्ष देखिने वस्तुमा हुन्छ । वायु प्रदूषण, जलवायु परिवर्तनका असर र मानविय असरको चाँडै चर्चा पनि गछौं । तर, जमिनमुनि बस्ने जीवको विषयमा कमै चिन्ता हुन्छ र, माटोमा भइहरेको प्रदूषणको पनि ।


एउटा नयाँ अनुसन्धानले जमिनमुनि बस्ने जीवहरूको संख्या घट्नुको सबैभन्दा ठूलो कारण माटो प्रदूषण भएको पत्ता लागेको छ । यस खोजले वैज्ञानिकहरूलाई पनि अचम्ममा पारेको छ, जसले यस्तो समस्या बढाउनमा अन्धाधुन्ध खेती र जलवायु परिवर्तन जिम्मेवार रहेको भविष्यवाणी गरेका थिए ।


अन्वेषकहरूले जमिन माथि, भूउपयोग, जलवायु परिवर्तन र आक्रामक प्रजातिहरूले जैविक विविधतामा सबैभन्दा बढी प्रभाव पारेको भन्दै जमिनमुनि पनि त्यस्तै हुने अनुमान गरेका थिए । तर, अनुसन्धानको नतिजाले यस्तो नभएको देखाउँछ । यसको सट्टामा कीटनाशक र भारी धातु प्रदूषणले माटोको जैविक विविधतालाई सबैभन्दा ठूलो हानि पु¥याएको अनुसन्धानले देखाएको छ ।


विज्ञ भन्छन्, ‘यो चिन्ताजनक छ, किनकि माटो प्रदूषणको प्रभावहरूमा धेरै अनुसन्धान गरिएको छैन, त्यसैले यसको प्रभाव हामीले थाहा पाएको भन्दा धेरै हुन सक्छ ।’ माटोको क्षरणको चिन्ताको बीचमा, प्रदूषणका अन्य स्रोतहरू, जस्तै माइक्रोप्लास्टिक, हाइड्रोकार्बन र निरन्तर रसायनहरूले भूमिमा जीवनलाई कसरी असर गरिरहेको छ भनेर अनुसन्धान गर्न आवश्यक रहेको उनीहरू बताउँछन् ।

माटोमा लुकेकाको जीवनमा प्रभाव
जमिन माथिको जीवनको तुलनामा, माटोमा बस्ने जीवहरूको बारेमा अपेक्षाकृत थोरै थाहा नहुन सक्छ । यो किनभने, तल बस्ने जीवहरू फेला पार्न पनि धेरै कठिनाइ छ । अनुसन्धानकर्ता भन्छन्, ‘यो एक जटिल वातावरण हो जसमा धेरै फरक संरचनाहरू, पोषक तत्वहरू र खनिजहरू छन् । धेरै जसो जीवन सतहको १० सेन्टिमिटर भित्र पाइन्छ, केही जीवहरू धेरै गहिराइमा बाँच्न सक्छन् । तर, यो विषयमा अध्ययन र अनुसन्धान कमै भएको छ ।’


माटोमा बस्ने जीवहरूले कसरी काम गरिरहेका छन् भनेर पत्ता लगाउने क्रममा, धेरै प्रश्नहरू अझै बाँकी छन् । आई–साइन्स जर्नलमा प्रकाशित नयाँ अनुसन्धानले केही प्रश्नको समाधान वा उत्तर खोज्ने प्रयास गरेको छ । यसमा, वैज्ञानिकहरूले धेरै अध्ययनहरूबाट तथ्यांक लिएको देखिन्छ ।


यस मेटा–विश्लेषणको लागि, अन्वेषकहरूको टोलीले ६०० भन्दा बढी अध्ययनहरूबाट आएका डाटा पुनः प्रयोग र अध्ययन गरेका थिए । मानिसहरूले संसारभर माटोको स्वास्थ्यलाई कसरी असर गरिरहेका छन् भनेर हेर्न पहिले चरणमा उनीहरूले ती अध्ययन प्रतिवेदनको अध्ययन गरेका थिए । अनुसन्धान नतिजाहरूका अनुसार जमिन माथि र तल जीवहरूले सामान्यतया एउटै समस्यामा फरक प्रतिक्रिया जनाएको पाइएको छ ।



सबैभन्दा महत्त्वपूर्ण भनेको जैविक मलको प्रयोग हो । यो विशेष गरी गँड्यौलाहरूका लागि फाइदाजनक छ, जसले पोषक तत्वहरू खान्छन् र तिनीहरूलाई माटोमा घुमाउँछन् । तर, गँड्यौलाहरू नै हराएमा के हाेला ?

जमिनभन्दा माथिको वन क्षेत्र नष्ट भइरहेको अवस्थामा त्यहाँ बस्ने वनस्पति र जीवजन्तुका लागि विनाशकारी हुन सक्छ । जमिनमुनि बस्ने जीवहरू पनि प्रभावित हुने अनुसन्धानकर्ताहरूको भविष्यवाणी प्रमाणित हुन सकेको छैन । यसको सट्टामा, माटोले तिनीहरूलाई आश्रय प्रदान गरेको देखिन्छ जसले यसमा बस्ने जीवहरूलाई निश्चित परिवर्तनहरूसँग अनुकूलन गर्न मद्दत गर्छ ।


अनुसन्धानका अनुसार माटोले पोषक तत्वहरू भण्डार गर्न सक्छ, जसले भूमिगत जीवहरूलाई धेरै अवधि सम्म रहेन परिवर्तनलाई सामना गर्न मद्दत गर्न सक्छ । उदाहरणका लागि, जब जलवायु परिवर्तनले सतहमा अधिक र अधिक प्रजातिहरूलाई असर गरिरहेको छ, जमिनमुनि यसको प्रभाव अहिलेको लागि सीमित देखिन्छ । यद्यपि, दीर्घकालीन रूपमा तिनीहरूको प्रभावहरू भने पर्न सक्छ । यसको मतलब यो प्रभावले माटोमा बस्ने जीवहरूलाई अस्थायी राहत मात्र प्रदान गर्न सक्छ ।


जबकि अधिकांश परिवर्तनहरू, जस्तै बढ्दो तापक्रम वा रासायनिक प्रदूषण, माटोको जैविक विविधताका लागि केही खराब र केही राम्रा पनि थिए । सबैभन्दा महत्त्वपूर्ण भनेको जैविक मलको प्रयोग हो । यो विशेष गरी गँड्यौलाहरूका लागि फाइदाजनक छ, जसले पोषक तत्वहरू खान्छन् र तिनीहरूलाई माटोमा घुमाउँछन् । तर, गँड्यौलाहरू नै हराएमा के हाेला ?


तर, यस अध्ययनले माटोलाई असर गर्ने परिवर्तनको बारेमा गहिरो जानकारी दिएको छ । अनुसन्धानलाई उद्धृत गर्दै, अनुसन्धान टोलीले भविष्यको अनुसन्धानले जलवायु परिवर्तन र प्रदूषण जस्ता कारणहरू र दुवैको संयुक्त प्रभावले कसरी वृद्धि वा सीमित गर्न सक्छ भनेर हेर्नसक्ने आसा गरेका छन् ।

रविन भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics