मनास्लु आरोहण गर्न २९० जनाले लिए अनुमति, कति उठ्यो रोयल्टी ?
- नेचर खबर

काठमाडौं - शरद ऋतुका लागि हिमाल आरोहणका लागि बुधबारसम्म ३२ टोलीका ३२९ जनाले आरोहण अनुमति लिएका छन् । यसमध्ये सर्वाधिक संख्या मनास्लु हिमालमा छ ।
मनास्लुमा २५ टोलीका २९० जनाले आरोहण अनुमति लिइएका छन् । जसमध्ये ८० जना महिला छन् । धौलागिरि हिमालमा १ टोलीका १४ जनाले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।
पुथा हिउँचुलीमा दुई टोलीका ९ जना, अन्नपूर्ण चौथो र पुङ्गी हिमालमा एक-एक टोलीका ५र५ जनाले आरोहण अनुमति लिएको विभागको विवरणमा उल्लेख छ ।
यो सिजनमा विभागले ३ करोड ७४ लाख रुपैयाँ आरोहण रोयल्टी संकलन गरेको छ ।
प्रतिक्रिया दिनुहोस