पाथीभरामा केबलकार निर्माण गर्न ताप्लेजुङका दुई ठूला कम्पनीबिच साझेदारी

ताप्लेजुङ – प्रशिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माण गर्न जिल्लाका दुई ठूला कम्पानीबिच साझेदारी भएको छ ।

हिमालय कन्स्ट्रक्सन र सेवालुङ निर्माण कम्पनीबिच केबलकारको भौतिक संरचना निर्माण गर्न साझेदारी गर्ने सहमति भएको हो । हिमालय कन्स्ट्रक्सनका सञ्चालक इन्द्र केदेम र सेवालुङका जीतेन चेम्जोङ लिम्बू बिच साझेदारी पत्रमा सस्ताक्षर भएको छ ।

पाथीभरा (मुक्कुमलुङ) केबलकार निर्माण कम्पनीसँग हिमालय कन्ट्रक्सनका प्रोपाइटर केदेमले यसअघि नै भौतिक संरचनाहरू निर्माण गर्ने लिखित सहमति गरेका थिए । त्यसपछि केदेमले सहकार्यका लागि जिल्लाकै अर्को ठूलो निर्माण कम्पनीसँग साझेदारी गरेका हुन् ।

‘केबलकार निर्माण ठूलो प्रोजेक्ट हो । यहाँ धेरै काम गर्नुपर्ने हुन्छ । अहिले हामी दुई निर्माण कम्पनी बिच साझेजारी भएको छ,’ हिमालय कन्स्ट्रक्सनका सञ्चालक इन्द्र केदेमले नेचर खबरसँग भने, ‘ अब कसले के–के काम गर्ने भनेर हामी टुंग्याउँछौं ।’

यता सेवालुङका प्रोपाइटर जीतेन चेम्जोङ लिम्बुले जिल्लाको विकासका लागि आफ्नो कम्पिनीले विभिन्न समयमा धेरै काम गरेको र अब पाथीभरामा केबलकार निर्माण गर्न पनि साझेदारी भएकाले राम्रो काम गरेर देखाउने अवसर आएको बताए । ‘जिल्लाको विकासका लागि कुनै अवरोध हुनुहुँदैन । भित्रिएको लगानीलाई समयमा सदुपयोग गरिएन भने जिल्लाले पछुताउनुपर्ने हुन्छ,’ उनले नेचरखबर सँग भने, ‘अब हामी काम बाँडफाँड गरेर गर्नेछौं ।’

दुबै निर्माण कम्पनी सञ्चालकले जिल्लाका धेरै युवाले रोजगारी पाउनेगरी वातावरण सृजना गरेर काम गर्ने गराउने वातावरण बनाउने बताएका छन् । पाथीभरामा केबलकार निर्माणको ३ अर्ब भन्दा बढीको प्रोजेक्ट हो ।

हिमालय कन्ट्रक्सनले केबलकार कम्पनीसँग करिब ७५ करोडको कामको सम्झौता गरेको छ । यो सम्झौता अनुसार यहाँ प्राविधिक बाहेक भौतिक संरचनाका काम हुनेछन् । पहिलो चरणमा केबलकार निर्माणका लागि भौतिक संरचना बनाउने र उक्त काम सकिएपछि काफ्लेपार्टीमा बन्ने अन्य संरचनाको विषयमा कम्पनीले पुन सम्झौता गर्ने बताइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics