ओजोन तह बचाऊ दिवस आज, हानीकारक तत्वले बढ्दै असर

काठमाडौं – आज सेप्टेम्बर १६ । विश्वभर विभिन्न कार्यक्रम गरि ‘ओजोन तह बचाऊ दिवस’ मनाइँदैछ ।

सेप्टेम्बर १६, १९९४ मा मोन्ट्रियल प्रोटोकलमा हस्ताक्षर भएको सम्झनामा, संयुक्त राष्ट्र महासभाले सेप्टेम्बर १६ लाई ओजोन तहको संरक्षणको लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गर्यो। त्यसपछि यो दिवस मनाउन थालिएको हो ।

ओजोन तहकाे असर गर्ने हानीकारक तत्वहरूमा क्लोरोफ्लोरो कार्वन लगायत अन्य बिभिन्न ९४ वटा रसायनहरू पर्छन् । पृथ्वीको वातावरणीय तहको करिब १५ देखि ३० किमी माथि रहेको ओजोन एउटा रक्षात्मक कवज हो । यसले सूर्यका हानीकारक किरणहरूलाई पृथ्वीमा सोझै छिर्नबाट रोक लगाउँछ ।

मानविय क्रियाकलापका कारणले र अव्यबस्थित औद्योगिकरण साथै ज्यादा रसायनको प्रयोगले यस्तो ओजोन च्यातिनुका साथै पातलो बन्दैछ । यसलाई रोक्न पनि विभिन्न जनचेतनामुलक कार्यक्रम हुन आवश्यक रहेको विज्ञ बताउँछन् ।

वर्ष २०२४ को नारा Montreal Protocol: Advancing Climate Action रहेकाे छ । यस वर्षको नारा ले यसले जलवायु परिवर्तनमा मोन्ट्रियल प्रोटोकलको सकारात्मक प्रभाव, ओजोन रिकभरी ट्र्याकमा छ र किगाली संशोधन मार्फत कसरी जलवायु चुनौतीहरूलाई समर्थन गर्न सकिन्छ जलवायू मैत्री कदमहरुलाई फेरि दर्साएको छ । यस ग्रहमा भएका प्राणीहरूको रक्षाका लागि विश्वव्यापी सहकार्यको आव्हानका साथ यस दिवस मनाइदैछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics