काभ्रेको बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगायो, ४ जना बेपत्ता

फाइल फोटो ।

काभ्रे - काभ्रेको बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको छ । पनौती नगरपालिका वडा नम्बर ११ बल्थली स्थित थुम्कीमा रहेको गाउँ पहिरोले बगाएको छ । मध्यराति गाउँ माथिबाट पहिरो आएसँगै स्थानीयको भागाभाग भएको थियो ।

पहिरोमा परेर ४ जना बेपत्ता छन् । थुम्कीका अर्जुन भण्डारीको घर पहिरोले बगाएको छ । भण्डारीको घरमा पाहुना आएका ४ जना बेपत्ता रहेको बताइएको छ । स्थानीयलाई थुम्की रिसोर्टमा राखिएको छ ।

क्षतिको थप विवरण आउन बाँकी छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics