वर्षाले काठमाडौंका धेरै स्थान डुबान

फाइल फोटो ।

काठमाडौं - अविरल वर्षाले काठमाडौंका धेरै स्थान डुबानमा परेका छन् । बाढीले सयौँ घर/पसलहरू डुब्दा स्थानीय तथा व्यापारीको बिचल्ली भएको छ ।

बागमती, विष्णुमती, मनोहरा नदीमा बाढी आउँदा आसपासका बस्ती डुबेका छन् । बाढीले च्यासल, टेकु, बल्खु, नख्खु, गोंगबु क्षेत्र डुबेका छन् ।

बागमती-मनोहरा दोभानमा बाढीले ग्यास ट्याङ्कर नै बगाएको स्थानीयले बासिन्दाले बताएका छन् । च्यासलमा नेकपा एमालेको पार्टी कार्यालय र फुटबल मैदानसहितको तटीय क्षेत्र डुबानमा परेको छ ।

ललितपुरको नख्खु-कुसुन्ती क्षेत्र पनि बाढीले प्रभावित बनेको छ । भक्तपुरमा राधेराधे क्षेत्र र हनुमन्ते खोला आसपासको क्षेत्र डुबानमा परेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics