काभ्रेमा बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ५९ पुग्यो

काभ्रे - काभ्रेमा बाढी पहिरोमा परेर सोमबार साँझसम्म ५९ जनाको मृत्यु भएको छ । ४ जना अझै बेपत्ता रहेको काभ्रे प्रहरीले जनाएको छ । शुक्रबार र शनिबारको अविरल वर्षाले सबैभन्दा ठूलो क्षति भोगेको काभ्रेमा बाढी पहिरोमा परेर ५२ जना घाइते भएका छन् ।

बाढी पहिरोमा फसेकामध्ये ४ सय ५१ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ भने अन्य तवरबाट ३ हजार २ सय ७४ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

त्यस्तै बीपी राजमार्ग ठाउँठाउँमा अवरुद्ध हुँदा अलपत्र परेका यात्रु तीन दिन हिँडेर धुलिखेल आइपुगेका छन् । यसरी भोकै प्यासै हिँडेर धुलिखेल आइपुगेका यात्रुले अझै हजारौं यात्रु रोशी गाउँपालिका क्षेत्रमा फसेकाले उद्धारको पर्खाइमा रहेको जनाएका छन् ।

बीपी राजमार्ग खुला गरिएको छ । बाढीपहिरोले अवरुद्ध वीपी राजमार्गको नेपालथोक खुर्कोट, खुर्कोट सिन्धुलीमाडी र सिन्धुलीमाडी बर्दिबास खण्ड सञ्चालनमा आएका हुन् ।

धुलिखेल नेपालथोक खण्ड भने खुलाउन अझै केही समय लाग्ने बताइएको छ । त्यसैले यात्रुहरू हिँडेरै धुलिखेलसम्म आउन बाध्य छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics