सुक्खा पहिरो जाँदा अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन
- नेचर खबर
धादिङ - धादिङको मलेखुनजिकै पहरेघाटमा सुक्खा पहिरो जाँदा अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।
हिजो दिनभर काठमाडौं प्रवेश गर्ने क्रममा रोकिएर बसेका सवारीलाई प्राथमिकतामा राखेर सञ्चालन गरीएको भएपनि साँझबाट उपत्यकाबाट बाहिरीने सवारीलाई यो सडक खण्ड प्रयोग गर्न दिइएको थियो ।
तर मलेखुनजिकै पहरेघाटमा सुक्खा पहिरो जाँदा हिजो बेलुका फेरि राजमार्ग अवरुद्ध बनेको थियो । अहिले पहिरो पन्छाएर एकतर्फी सञ्चालन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस