भक्तपुरको हनुमन्ते खोलामा वर्षाले जलसतह बढ्यो
- नेचर खबर

भक्तपुर - भक्तपुरका अधिकांश स्थानमा बर्षा भइरहेकाले हनुमन्ते खोलाको जलसतह बढेको छ ।
भक्तपुरको नगरकोट क्षेत्रमा भारी बर्षा हुँदा हनुमन्ते खोलाको जलसतह बढेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार भक्तपुरको हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह नजिक पुगेको छ ।
त्यस्तै हनुमन्ते खोलाको जलसतह बढ्दै गएकाले तटीय क्षेत्रमा रहने सबैलाई बिहीबार दिउँसोसम्मै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस