कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं - कोशी, मधेश र बागमती प्रदेशको पूर्वी भू-भागमा आज मौसम साधारण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका थोरै स्थानहरूमा भने हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics