बाढी पहिरोमा परी हालसम्म २३९ जनाको मृत्यु

काठमाडौं - अघिल्लो साता आएको बाढी पहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार प्राकृतिक प्रकोपका कारण १९ जना अझै बेपत्ता छन् ।

अन्य एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। हालसम्म बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको उनको भनाई छ ।

साथै सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको पनि मन्त्रालयका प्रवक्ता तिवारीले बताए ।

गत शुक्रबार र शनिबारको अविरल वर्षाका कारण आएको बाढी पहिरोले देशका विभिन्न भागमा ठूलो मात्रामा जनधनको क्षति गरेको थियो । सयौं परिवार घरबारविहीन भएका छन् । क्षतिग्रस्त भएका विभिन्न सडकमा यातायात सेवा अझै अवरुद्ध छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics