पुष्पलाल मार्ग : ज्यामिरेमा अवरुद्ध सडक एकतर्फी खुल्यो

दोलखा - पुष्पलाल मार्ग अन्तर्गत दोलखाको मेलुङ गाउँपालिका- ७ सितली नजिकै ज्यामिरेमा अवरुद्ध सडक एकतर्फी खुलाइएको छ । राजमार्ग भासिएपछि यहाँ यातायत अवरुद्ध भएको थियो ।

सडक खुलेसँगै यातायात सञ्चालनमा आएको छ । रामेछाप, ओखलढुङ्गा, सिन्धुली लगायतबाट वैकल्पिक राजमार्ग प्रयोग गरेर सवारी साधन आफ्नो गन्तव्य तर्फ लागेको जिल्ला ट्राफिक कार्यालय दोलखाले जनाएको छ ।

रोकिएका कतिपय सवारी साधनले तामाकोसी गाउँपालिकाको जफे हुँदै किर्नेटार सडक प्रयोग गरेर गएको कार्यालयले जनाएको छ ।

मेलुङ गाउँपालिकाको स्क्याभेटर प्रयोग गरेर सडक एकतर्फी सञ्चालनमा ल्याइएको मेलुङ-७ का अध्यक्ष नवराज खड्काले जानकारी दिए। डिभिजन सडक कार्यालय चरिकोटले सडक मर्मत गरेर दुईतर्फी यातायात खुलाउने प्रयास भइरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics