खुल्यो हेटौंडा-कुलेखानी-काठमाडौं र हेटौंडा-फाखेल-काठमाडौं सडक
- नेचर खबर
काठमाडौं - काठमाडौं र हेटौंडा जोड्ने छोटो दुरीको वैकल्पिक मार्ग हेटौंडा कुलेखानी काठमाडौं र हेटौंडा फाखेल काठमाडौं सडक सन्चालन भएको छ ।
दुवै सडकका ५ स्थानमा डाईभर्सन बनाएर सडक सन्चालनमा ल्याईएको बागमती प्रदेशका भौतिक पुर्बाधार बिकास मन्त्री अमन मास्केले जानकारी दिए ।
फाखेल सडक खन्डको एक स्थानमा ब्यक्तीको निजी जग्गाबाट बाटो डाईभर्सन गरिएको छ । गत असोज १३ गतेदेखि बाढी र पहिरोका कारण दुबै राजमार्ग अवरुद्द थियो ।
राजमार्गमा रहेका सबै पहिरो पन्छाएर सडक नै झरेको भएका स्थानमा डाईभर्सन बनाएर सडक सन्चालनमा ल्याईएको हो ।
जोखिम रहेका केही स्थानमा डोजर एक्साभेटर जस्ता उपकरण राखेर सडक सन्चालनमा ल्याईएको छ ।
प्रतिक्रिया दिनुहोस