अमेरिकामा शताब्दीकै ठुलो मिल्टन आँधी आउँदै, कस्तो छ सुरक्षा तयारी ?

काठमाडौं – मिल्टन समुन्द्रिक आँधीको कारण फ्लोरिडामा मंगलबार मात्र ७ सय वटा हवाई उडान रद्ध भएका छन् । बुधबारका एक हजार ५०० वटा पनि उडान रद्ध गरिएका छन् । यो आँधी सय वर्ष पछि आउन लागेको बताइएको छ । आँधीसँगै १० देखि १५ फिट सम्मको समुन्द्रिक छाल आउने फ्लोरिडाका सरकारी अधिकारीले बताए ।

एबिसीन्यूजका अनुसार बुधबार रातिसम्म फ्लोरिडाको भूमिमा आँधी आइपुग्ने छ । सेन्ट पिटर्सबर्ग र सारासोटा बिच बुधबार सम्भवतः श्रेणी ३ को आँधी आउने अनुमान गरिएको छ । यो समयमा ट्याम्पा खाडीले १० देखि १५ फिटसम्मको किर्तिमान तोड्ने समुन्द्री आँधीको सामना गर्ने पूर्वानुमान गरिएको छ । फोर्ट मायर्समा ६ देखि १० फिटसम्म आँधी पुग्नसक्छ ।

मिल्टन फ्लोरिडा माथि सर्दै गर्दा ज्याक्सनभिलमा ५ फिट र सवानामा ४ फिटसम्म आँधीबेरी आउने जनाईएको छ । एबिसीन्यूजका अनुसार सेन्ट पिटर्सबर्ग क्षेत्रमा १३० माइल प्रतिघण्टाको गतिमा हावा चल्न सक्छ । आँधीको अन्त्यसम्ममा १८ इन्चसम्म वर्षा हुने सम्भावना रहेको छ ।

यसैबिच सेन्ट पीट–क्लियरवाटर अन्तर्राष्ट्रिय विमानस्थल, ट्याम्पा अन्तर्राष्ट्रिय विमानस्थल, ओर्लान्डो अन्तर्राष्ट्रिय विमानस्थल, ओर्लान्डो स्यानफोर्ड अन्तर्राष्ट्रिय विमानस्थल र सारासोटा ब्राडेन्टन अन्तर्राष्ट्रिय विमानस्थल सबै बन्द हुने तयारीमा छन् ।

आपतकालीन सेवाहरूको फ्लोरिडा विभागले मिल्टन आँधी अगाडि बासिन्दाहरूलाई खाली गर्ने क्रममा आश्रयहरूमा र त्यहाँबाट निःशुल्क सवारी उपलब्ध गराउन उबरसँग साझेदारी गरेको बताएको छ ।

युनाइटेड एयरलाइन्सले आँधीबेरी क्षेत्रका विमानस्थलहरूमा अतिरिक्त उडानहरू र ठूला विमानहरू थपेको छ । युनाइटेड विमान सेवाले हाल प्रभावित विमानस्थलबाट २५,००० व्यक्तिहरूलाई आरक्षित गरेको छ । ‘हामीले यस्तो पहिले कहिल्यै देखेका छैनौं, यो शताब्दीकै ठूलो आँधी हो ।’ ट्याम्पाका प्रहरी प्रमुख ली बर्काउले मंगलबार मिल्टन नजिक आउँदा चेतावनी दिए ।

समुन्द्री आँधी करिव एक तले घर भन्दा माथि उठ्ने ट्याम्पाका नगर प्रमुख जेन क्यास्टरले जोड दिए । यसैगरि पटक पटक फ्लोरिडा राज्यका गभर्नर रन डिसान्टिसले सबैलाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेका छन् । अमेरिकी उपराष्ट्रपती कमला ह्यारिसले पनि सबैलाई स्थानीय अधिकारीहरूको आदेश पालना गर्न बिशेष अनुरोध गरेकी छिन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics