दावा याङ्जुमले ८ हजारमाथिका १४ चुचुरो चुमेर राखिन् रेकर्ड

काठमाडौं - आरोही दावा याङ्जुम शेर्पाले विश्वका ८ हजार मिटरमाथिका १४ चुचुरा उक्लने प्रथम नेपाली महिलाको रेकर्ड बनाएकी छिन् । चीनमा रहेको सिसापाङ्मा हिमालको आरोहण सकेसँगै उनले १४ चुचुरोको सफल आरोहणको रेकर्ड राखेकी हुन् ।

क्लाइम्बालय ट्रेक्सका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाका अनुसार दोलखाको रोल्वालिङ क्षेत्रकी दावायाङ्जुम माउन्ट केटुको आरोहण गर्ने सबैभन्दा कान्छी आरोहीसमेत हुन् । उनले अक्सिजन नलगाई अन्नपूर्णको समेत आरोहण गर्ने पहिलो नेपाली महिलाको रेकर्ड बनाएकी छन् । दावायाङ्जुमले मकालु हिमाल २० घण्टामा सफल आरोहण पनि गरेकी छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics