मिल्टन आँधीका कारण हालसम्म १६ जनाको मृत्यु, ४०० जनाको उद्धार
- नेचर खबर
काठमाडौं – मिल्टन आँधीका कारण हालसम्म १६ जनाको मृत्यु भएको छ । अमेरिकी अधिकारीहरूका अनुसार आगामी दिनमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने सम्भावना छ ।
हालसम्म फ्लोरिडाको एउटा अपार्टमेन्ट कम्प्लेक्सबाट करिब ४०० जनाको उद्धार गरिएको छ । अपार्टमेन्टमा करिब २००० मानिस बस्ने गरेका थिए । बुधबार अमेरिकाको फ्लोरिडामा मिल्टन आँधी आएको थियो । त्यसपछि धेरै क्षेत्र डुबानमा परेका छन् ।
यसबाहेक ३० लाखभन्दा बढी घरमा विद्युत् कटौती भएको छ । फ्लोरिडाको सेन्ट पिटर्सबर्गमा पिउने पानी छैन । मिल्टन आँधीले गरेको विनाशपछि अधिकारीहरूले पानी आपूर्ति बन्द गर्नुपरेको थियो ।
यो आँधी घातक साबित हुन सक्ने र तीव्र हावाले अचानक बाढी निम्त्याउन सक्ने अधिकारीहरूले चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रिय तूफान केन्द्रका अनुसार उत्तरी एट्लान्टिकमा हालैका वर्षहरूमा आएको यो सबैभन्दा शक्तिशाली आँधी हो ।
प्रतिक्रिया दिनुहोस