खुल्यो बीपी राजमार्ग, कतै एकतर्फी, कतै दुईतर्फी सञ्चालन

काठमाडौं – अवरुद्ध बीपी राजमार्ग आज विहानैदेखि सञ्चालनमा आएको छ ।

गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोले काठमाडांै उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्ग अवरुद्ध भएको थियो ।

बिहान १० बजेबाट सञ्चालन गर्ने बताइए पनि बिहान ८ बजेदेखि नै सडक खुलेको र गाडी चल्न थालेका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिए ।

यो राजमार्गको विभिन्न ठाउँमा गरी १२ किलोमिटर भन्दा धेरै भागमा क्षति पुगेको थियो । उनका अनुसार आजदेखि कतै एकतर्फी र कतै दुईतर्फी राजमार्ग खुलेको छ । कतै कतै जोखिम कायमै छ । अब सडक खुलेपछि आउजाउ गर्नेलाई केही सहज भएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics