ब्राजिलमा डढेलोले २ करोड २० लाख हेक्टर वन क्षेत्र नष्ट
- नेचर खबर
काठमाडौं । ब्राजिलको वन क्षेत्र डढेलोबाट प्रभावित भएको छ ।
यस वर्षको पहिलो नौ महिनामा डढेलोबाट दुई करोड २३ लाख ८० हजार हेक्टर वन नष्ट भएको अनुगमन सञ्जाल म्यापबायोमासले शुक्रबार सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ ।
डढेलोका कारण सेप्टेम्बर महिनामा मात्रै एक करोड छ लाख ५० हजार हेक्टर जमिन जलेर नष्ट भएको प्रतिवेदनमा उल्लेख छ ।
दक्षिण अमेरिकी देश बाजिलका उत्तरी क्षेत्रका माटो ग्रोसो, पारा र टोकान्टिन डढेलोका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र मानिन्छन् ।
ब्राजिलको अमेजन क्षेत्र डढेलोबाट सबैभन्दा बढी प्रभावित भएको छ र यहाँको एक करोड १३ लाख हेक्टर जमिन डढेलोले जलेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस