वायु प्रदूषणले मौरीलाई फूल खोज्न कठिन बनाएको हो ?

काठमाडौं – विश्वमा वायु प्रदूषण बढ्दै छ । यसको असर मानव स्वास्थ्यमा परेको छ नै, यसले मौरी लगायतका साना जीवलाई पनि असर गरिरहेको एक अध्ययनले देखाएको छ ।

वायु प्रदूषणले फूलको गन्ध कम गर्ने भएकाले मौरीहरूलाई फूल खोज्न कठिन बनाएको उक्त अध्ययनले देखाउँछ ।

बेलायतको युके सेन्टर फर इकोलोजी एन्ड हाइड्रोलोजी (युकेसिइएच) र दक्षिणी क्विन्सल्याण्ड विश्वविद्यालय सम्मिलित अनुसन्धान टोलीले प्रदूषणले फूलहरूको गन्धको आकार र सुगन्धमा ठूलो परिवर्तन ल्याउने हुँदा यसले मौरीहरू घटाएको पत्ता लगाएको छ ।

अध्ययनअनुसार यसबाट मौरीहरूको केही मिटरको दूरीबाट गन्ध पत्ता लगाउने क्षमता ९० प्रतिशतसम्म कम भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआइले जनाएको छ ।

सामान्यतया गाडी र औद्योगिक क्षेत्रबाट निस्किएका नाइट्रोजन अक्साइड सूर्यको प्रकाश र वनस्पतिबाट उत्सर्जन भएका बाफिलो जैविक यौगिकहरूसँग मिसिएपछि जमिन–स्तरको ओजोन बन्छ ।

ओजोनले जंगली फूलको प्रचुरता र बाली उत्पादनमा नकारात्मक असर पार्ने सम्भावना रहेको अध्ययनको निष्कर्ष छ । आजोनले बोटविरुवाको वृद्धिलाई नोक्सान पु¥याउने हुदाँ खाद्य उत्पादनमा समेत नकारात्मक प्रभाव पारेको हुन्छ ।

वायु प्रदूषणले मानव स्वास्थ्य, जैविक विविधता र जलवायुमा हानिकारक प्रभाव पारेको थियो । तर, अब यसले मौरी र अन्य परागकण कीराहरूलाई उनीहरूको मुख्य काम गर्नबाट रोक्ने गरेको पाइएको छ ।

त्यसैले वायु प्रदूषणमा कमि ल्याएर भविष्यका लागि खाद्य उत्पादन र जैविक विविधताको रक्षामा मद्दत गर्न चेतावनीका रूपमा काम गर्नुपर्ने अनुसन्धानमा संलग्न प्रोफेसर क्रिस्चियन प्रफ्राङले बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics