पूर्वमा भूकम्पको धक्का, खोटाङको कुबिन्डे केन्द्रबिन्दु

खोटाङ - पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार राति १०ः३२ मा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु खोटाङको कुबिन्डे भन्ने स्थानमा रहेको थियो । भूकम्पको तीव्रता भने ४‍‍‍.३ म्याग्निच्युडको रहेको थियो । भूकम्पकाे महसुस पूर्वी जिल्लाहरुका भएकाे थियाे ।

यसअघि असोज १५ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । जलवीरे केन्द्रबिन्दु भएर भूकम्पको तीव्रता ३‍.६ म्याग्निच्युड रहेको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics