हात्तीको आक्रमणबाट इलाममा वृद्धको मृत्यु

इलाम - जंगली हात्तीको आक्रमणबाट इलामको चुलाचुली गाउँपालिका–२ का राजकुमार राईको मृत्यु भएको छ ।

चुलाचलुी–१ घर भएका ७३ वर्षीय राई हात्ती खेदाउन जाँदा हात्तको आक्रमणमा परी मृत्यु भएको इलामका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार राईलाई सोमबार साँझ साढे ७ बजेतिर हात्तीले आक्रमण गरी घाइते बनाएको थियो ।

घर छेउमा हात्ती आएको भन्दै धपाउन जाँदा हात्तीको आक्रमणमा परी गम्भीर घाइते राईलाई तत्कालै दमकस्थित लाइफलाइन अस्पताल लगिएको थियो ।

अस्पतालमा उचारका क्रममा सोमबार राति साढे १० बजेतिर मृत्यु भएको एसपी ढकालले बताए ।

१ नम्बर वडामा घर भए पनि राई २ नम्बर वडाको निगुरेमा खेतीपाती गर्दै आएको प्रहरीले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics