बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म बीपी राजमार्गमा सवारीसाधन चलाउन रोक
- नेचर खबर

काभ्रे - बीपी राजमार्गमा आजदेखि बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन चलाउन नपाइने भएको छ ।
गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढीपहिरोका कारण बीपी राजमार्गको भकुण्डेबेंसी वर्षेखोला खण्ड काभ्रेको करिब ८ किलोमिटरभन्दा बढी लम्बाईको सडक पूर्ण रुपमा बगाएको थियो ।
उक्त राजमार्गमा ट्र्याक निर्माण गरी साना सवारीसाधन दुईतर्फी सञ्चालनमा आएको थियो । उक्त खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना भएकाले सवारी साधन चलाउन रोक लगाइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस