मनसुन सकियो, सुरुभयो वायु प्रदूषण

काठमाडौं - मनसुन सकिएसँगै नेपालमा वायु प्रदुषण बढ्न थालेको छ । मनसुनमा वायुको गुणस्तर राम्रो हुने भए पनि मनसुन सकिएर चिसो मौसम सुरु भएसँगै वायुमण्डलमा प्रदूषण बढ्न थालेको हो ।

वातावरण विभागका अनुसार अहिले सहरी तथा तराइ क्षेत्रमा वायु प्रदूषण बढ्ने क्रम सुरु भएको छ । जति तापक्रम घटेर जाडो बढ्दै जान्छ त्यति नै प्रदूषण बढ्दै जाने विभागको भनाइ छ ।

दाउरा, कोइला, ब्रिकेट, प्लास्टिकलगायत बाल्दा प्रदुषण बढ्ने भएकाले यस्ता क्रियाकलाप नगर्न विभागले अनुरोध गरेको छ ।

यसबाहेक मर्मतसम्भार नभएका सवारीसाधनबाट पनि प्रदूषण बढ्ने गरेको छ । सुख्खा मौसमका बेला डढेलोका कारण पनि प्रदुषण बढ्ने गरेकाले सचेत रहन वातावरण विभागले आग्रह गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics