मन्त्रिपरिषद् निर्णय : कतारलाई एक जोडी हात्ती दिनेदेखि चिडियाखाना व्यवस्थापनको जिम्मा सम्म
- नेचर खबर
काठमाडौं । कतारलाई नेपालले एक जोडी हात्ती उपहार दिने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको तर्फबाट कतार सरकारलाई उपहारस्वरूप एक जोडी हात्ती दिने निर्णय गरेको हो ।
ती उपहार दिने हात्ती चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका छन् ।
बैठकले सदर चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय प्रकृतिक संरक्षण कोषलाई हस्तान्तरण समेत गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस