मध्यविन्दुमा गैंडा मृत फेला, खाग र खुर सुरक्षित

नवलपुर - पूर्वी नवलपरासीको मध्यविन्दुमा गैंडा मृत फेला परेको छ । मध्यविन्दु नगरपालिका- १२ मा पोथी गैडा मृत फेला परेको हो ।

अन्दाजी ४ वर्षको पोथी गैडा मृत अवस्थामा फेला परेको र गैडाको खाग र खुर सुरक्षित रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताउनुभयो ।

प्रारम्भिक जानकारी अनुसार गैंडा एक अर्कोसँग जुध्ने क्रममा चोट लागेर मृत्यु भएको अनुमान गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics