चट्याङ लागेर माओवादी उम्मेदवारको मृत्यु



चट्याङ लागेर चितवनमा स्थानीय तह उम्मेदवारको मृत्यु भएको छ । कालिका नगरपालिका वडा नं.११ का माओवादी केन्द्रका उम्मेदवार सिफल प्रजाको मंगलबार बिहान चट्याङ लागेर मृत्यु भएको हो ।
बिहान ३ बजे परेको चट्याङ लागेर घाइते भएका प्रजालाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।

उनी कालिका नगरपालिकाको वडा नं. ११ को वडा सदस्य उम्मेदवार थिए ।

चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले प्रजाको मृत्यु भएकाले माओवादी केन्द्रले अर्को उम्मेदवार उठाउन सक्ने जानकारी दिएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics