सर्पको सबैभन्दा ठुलो बधशाला, जहाँ उसिनेर मारिन्छन् हजारौं सर्प

काठमाडाैं - सर्प, सम्झनसाथ आङ जिरिङ्ग हुन्छ । तर, यस्ता ठाउँ छन् जहाँका मानिस रातदिन सर्पको सम्पर्कमा रहन्छन् । यो कथा हो, इन्डोनेसियाको ।


यहाँको जावाई गाउँ, जुन बिश्वकै ठुलो सर्पको कसाईघर मानिन्छ । उक्त कसाईघरमा दिनहुँ हजारौं सर्प मारिन्छ । यसरी मार्नुको कारण सर्पप्रतिको भयले भने होइन । न त्यसलाई निर्मुल पार्न नै । खासमा सर्पको छाला उतारेर बिक्री गर्नका लागि हो । यस क्षेत्रको आम्दानीको मूख्य स्रोत पनि त्यही हो ।

युरोपको फेसन जगतमा सर्पको छालाको उच्च माग छ । त्यहाँ दक्षिणपूर्वी एशियाबाट सर्पको छाला निर्यात हुन्छ । अहिले यस भेगमा अजिंगर प्रजातिको सर्प तिब्र रुपले घटिरहेको छ ।


यसरी युरोपियन फेसनका निम्ति सर्पको छाला बिक्री गर्नेमा इन्डोनेसिया अगाडि छ । इन्डोनेसियामै सर्पको छालाबाट ब्याग, जुत्ता, पर्स, बेल्ट बनाइन्छ ।


इन्डोनेसियाको कसाईघरमा सर्पलाई अत्यान्तै क्रुर ढंगले मारिन्छ । त्यहाँ पहिला सर्पलाई तातो पानीमा उसिनेर त्यसको छाला निकालिन्छ । यसको छाला उतारेपछि त्यसको मासु समेत बिक्री गरिन्छ । – एजेन्सी



नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics