अस्ताउँदो सूर्यको पूजा आराधना गरी कमलपोखरीमा छठपूजा (तस्बिरहरू)

काठमाडौं । छठ पर्वको मुख्य दिन बिहीबार साँझ काठमाडाैंमा पिन ब्रतालुले अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिएका छन् ।

कमल पाेखरीसहितका स्थानका छठघाटहरुमा पुगेका ब्रतालुले छठको पूजा गरी सूर्यको उपासना गरेका छन् । बिहीबार सूर्यास्तअघि नै ब्रतालुहरु काठमाडौंको कमलपोखरी छठघाटमा पुगेर आआफ्नो छठघाट सजाइसकेका थिए । त्यसपछि अस्ताउँदो सूर्यलाई अर्घ दिए । कतिपय ब्रतालु बिहीबार रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् ।

काठमाडौंमा बसोबास गर्दै आएका तराईबासीले यहीँका छठघाटमा पूजा आराधना गर्दै आएका छन् । काठमाडौंका बागमती, विष्णुमतीलगायत नदीमा ठाउँठाउँमा छठ पूजास्थल बनाइएको छ भने कमलपोखरीलगायतका जलासयमा पनि छठपूजा गरिएको छ ।

कमलपोखरीमा गरिएको छठपूजाका तस्बिरहरू :

















रविन भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics