आजको मौसम : तराईमा हुस्सु, हिमालमा हिमपात
- नेचर खबर

काठमाडौं - देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । देशको तराई भू-भागका केही स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको अवस्था छ ।
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखी मुख्यतया सफा रहने छ ।
आज राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
प्रतिक्रिया दिनुहोस